२०८१ मंसिर ६ बिहीबार
नेपाली समय

योजना र स्पेस एजेन्सी विना आफ्नै स्याटेलाइटको रहर

४ महिना अगाडि

गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत माग्दा नेपालको आफ्नै स्याटेलाइट (भू–उपग्रह) राख्ने योजना सुनाए । ओलीले यसअघि २०७४ मा प्रधानमन्त्री हुँदा पनि तत्कालै नेपालको आफ्नै स्याटेलाइट प्रक्षेपण गर्ने योजना सुनाएका थिए, जुन योजना २८ असार २०७८ उनी पदमुक्त हुँदासम्म अघि बढेको थिएन ।

Advertisement 1

नेपाल दूरसञ्चार प्राधिकरणले २०७८/७९ का लागि स्याटेलाइट परियोजनाका लागि ८० करोड रुपैयाँ बजेट समेत छुट्याएको थियो । तर, ओली नेतृत्वको सरकार ढलेलगत्तै यो योजना रोकिएको थियो ।

शेरबहादुर देउवा प्रधानमन्त्री बनिसकेपछि आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा सरकारले नेपालको आफ्नै स्याटेलाइट राख्ने प्रक्रिया अघि बढाउने उल्लेख गरेको थियो । तर, सरकारले यो विषयलाई प्राथमिकतामा राखेर काम गरेन ।

Advertisement 2

अहिले नेपाली कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री भएपछि फेरि ओलीले यो योजना स्मरण गरेका छन् । ‘नेपालको स्वामित्वमा रहेको आर्बिटल स्लट उपयोग गरी अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गर्नेछौं’, उनले आइतबार प्रतिनिधिसभामा भनेका छन्, ‘ब्याण्डविथको भुक्तानीका लागि विदेशिने गरेको ठूलो रकम रोकिने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तुरुन्त काम थाल्नेछ ।’

अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू) ले नेपाललाई दिएको नेशनल अर्बिटल स्लट १२३.३ डिग्री देशान्तरमा छ । प्रधानमन्त्री ओलीले यो स्लटमा नेपालको आफ्नै स्याटेलाइट राख्ने योजना पटक पटक सुनाएका छन् ।

Advertisement 3

news is copy from online khabr for developing purpose only

सम्बन्धित समाचार