सरकारी तथ्यांक अनुसार हरेक वर्ष एक लाखभन्दा बढी नेपाली विद्यार्थी अध्ययनका लागि विदेशिने गरेका छन् । यसरी विदेश जानेहरुमा ठूलो संख्या कक्षा १२ पास गरेकाहरु छन् ।
Advertisement 1
विदेश जाने विद्यार्थीको संख्या बढेपछि गत फागुनमा सरकारले वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९ ल्यायो । जसमा उच्च शिक्षा (स्नातक तह वा सोभन्दा माथिको शिक्षा) का लागि वैदेशिक अध्ययन स्वीकृति पत्र अर्थात नो अब्जेक्सन लेटर (एनओसी) लिनुपर्ने उल्लेख थियो ।
यो निर्देशिकाले १२ कक्षा पास गरेकाहरुलाई एनओसी नदिने देखिएपछि चर्को बहस भयो । तर शिक्षा मन्त्रालयले १२ कक्षा पास गरेका विद्यार्थीहरुलाई पनि एनओसी दिने गरी निर्देशिका सार्वजनिक गरेपछि त्यो विवाद अन्त्य भयो ।
Advertisement 2
बिहीबार प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिमा कक्षा १२ पास गरेपछि अध्ययनका लागि विदेश जान दिने कि नदिने भनेर बहस भएको छ ।
लामो समयसम्म कक्षा १० लाई माध्यमिक शिक्षा भनिएको थियो । तर २०७२ को संविधानले कक्षा १२ सम्मलाई नै माध्यमिक शिक्षाका रुपमा व्याख्या गर्यो । संविधान अनुसार छात्रवृत्ति ऐन २०२१ लाई आनुशंगिक मिलाउन सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक ल्याएको छ ।
Advertisement 3
विधेयकमाथि छलफलका क्रममा सांसदहरुले कुन तहसम्म पढेपछि विदेश पठाउनु उचित हुन्छ भन्ने बहस गरेका हुन् । सांसदहरुले स्नातक नगरी विदेश पढ्न जान रोक्नुपर्ने प्रस्ताव गरे । केही सांसदले कक्षा १२ होइन, माध्यमिक शिक्षा परीक्षा (एसईई) पछि नै विदेश पढ्न जान दिनुपर्ने मत राखे ।
thiis news is copy for develoing purpose only
प्रतिक्रिया दिनुहोस्