वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार उपत्यकाका १५ स्थानमा बजार अनुगमन गर्यो । यीमध्ये ७ स्थानमा पानीको मात्र अनुगमन गरिएको थियो ।
Advertisement 1
विभागले आफ्नो नियमित अनुगमनका क्रममा गरेको सो अध्ययनबाट विभिन्न कैफियत भेटिएका छन् । विभागका अनुसार धेरैजसो व्यापारीले दर्ता, प्रमाणपत्र नराखेको, मूल्य सूची नराखेको तथा खरिद बिल–विजक नराखेको पाइएको छ । कतिपय व्यापारीले भने अनुगमन टोलीलाई सहयोग नै नगरेको समेत पाइएको छ ।
काठमाडौंमा त्यस्तै असहयोग गर्ने एक फर्मलाई २० हजार जरिवाना तिराइएको छ । काठमाडौंमै अर्को एक फर्मलाई दर्ता प्रमाणपत्र नराखेको र मूल्य सूची नराखेको कसुरमा ५० हजार जरिवाना तिराइएको विभागले जनाएको छ ।
Advertisement 2
भक्तपुरमा भएका विभिन्न अनुगमनमा पानी वितरकहरूलाई व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन भनिएको छ । भक्तपुरका चार फर्मलाई यस्तो निर्देशन दिएको विभागको भनाइ छ । धापाखेलमा पानी बिक्री वितरण गर्ने ३ वटा फर्मलाई अनुगमन टोलीले व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन भनिएको छ ।
Advertisement 3
काठमाडौं महानगरभित्र महानगरपालिकाले समेत पानीको नियमित अनुगमन गर्ने गरेको छ । पुराना तथा थोत्रा जारमा पानी वितरण गर्ने, लेवलिङविना नै पानी बिक्री वितरण गर्ने विभिन्न फर्म महानगरपालिकाको कारबाहीमा पर्दै आइरहेका छन् ।
this news is copy for deeloping purpose from onlinekhabr
प्रतिक्रिया दिनुहोस्