डा. युवराज खतिवडा प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार नियुक्त भएपछि गत शुक्रबार रोकिएको मौद्रिक नीति भोलि सार्वजनिक हुने भएको छ ।
Advertisement 1
राष्ट्र बैंक सञ्चालक समितिमा गत शुक्रबार नै मौद्रिक नीतिमा सामान्य छलफल भएको थियो । तर, राष्ट्र बैंकको गभर्नरसमेत रहिसकेका डा. खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनेपछि मौद्रिक नीतिमा उनका सुझावलाई समेत लिन केही दिन रोकिएको थियो ।
११ साउन शुक्रबार भने मौद्रिक नीति ल्याउने गरी केन्द्रीय बैंकले बोर्ड बैठक डाकेको छ । आर्थिक वर्ष २०८१/८१ को मौद्रिक नीति सम्बन्धमा र केन्द्रीय बैंकको आर्थिक वर्ष २०८०/८१ को प्रारम्भिक वित्तीय विवरणमाथि छलफल गर्न एजेण्डासहित बोर्ड बैठक आह्वान भएको एक बोर्ड सदस्यले बताए । शुक्रबार कार्यालय समय अगाडि बोर्ड बैठक बस्नेछ ।
Advertisement 2
अहिले मौद्रिक नीति मार्फत बजारमा मुद्राको प्रवाह ‘बजार चलायमान बनाउने’ मौद्रिक नीतिको ल्याउनुपर्ने चौतर्फी आवाज उठेको बेला केन्द्रीय बैंकको ध्यान पनि त्यतैतर्फ रहेको बुझिन्छ ।
सोमबार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिँदै गर्दा मौद्रिक नीतिका सन्दर्भमा केही सन्देश समेत दिन खोजेको थिए । आफ्नो नेतृत्वमा सरकार बनेसँगै सेयर बजारमा उत्साह देखिएको भन्दै उनले अर्थतन्त्रका अन्य क्षेत्र पनि चलायमान हुने बताएका थिए । केन्द्रीय बैंकले अर्थमन्त्री र प्रधानमन्त्रीको मनसाय बुझ्दै मौद्रिक र नियामकीय औजारमा लचकतासहितको मौद्रिक नीति ल्याउने तयारी गरेको राष्ट्रबैंकको उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।
Advertisement 3
‘मौद्रिक नीति आर्थिक गतिविधि चलायमान बनाउनेमा नै केन्द्रित हुन्छ । मौद्रिक नीतिलाई बाँधेर राखेको नियामकीय नीतिमा आवश्यक परिमार्जन गर्नेमा मौद्रिक नीति लक्षित रहेको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘सबैले बताउँदै आएका र महसुस गरेका समस्या केन्द्रीय बैंकले बेवास्ता गर्न सक्दैन । केन्द्रीय बैंकले आफ्नो क्षेत्राधिकारभित्र रहेर शिथिल अर्थतन्त्रलाई चलायमान बनाउनेगरी मौद्रिक नीति ल्याउँछ ।’
मौद्रिक नीतिप्रति अपेक्षा धेरै नै रहेकाले सबैको समाधान मौद्रिक नीति हुन नसक्ने राष्ट्र बैंकका ती अधिकारीले बताए । यद्यपि निजी क्षेत्र र बैंकर्सको समस्या सम्बोधन गर्नेमा मौद्रिक नीति केन्द्रित हुने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।
‘मौद्रिक नीति उदार हुने संकेत गभर्नरले नै गरिसक्नु भएको छ,’ राष्ट्र बैंकको एक उच्च स्रोतले भन्यो, ‘ब्याजदर घटेको, बजारमा अधिक तरलता भएर राष्ट्र बैंकले तरलता खिच्ने ठूलो लागत खर्च गर्नुपर्ने अवस्था छ । रिकभरी दबाबमा रहेका बैंकहरूको कर्जा विस्तार पनि नहुँदा मुनाफाको दबाबमा छन् । यस्तोमा अहिले बजार चलायमान बनाउने नीति नै चाहिन्छ ।’
मौद्रिक औजार चलाउने धेरै ठाउँ नभए पनि मौद्रिक औजारले काम गर्ने वातावरण बनाउन नियामकीय नीति पनि लचिलो हुनुपर्ने र मौद्रिक नीति त्यसैमा लक्षित हुने ती बोर्ड सदस्यले बताए ।
this news is copy for developing purpose only
प्रतिक्रिया दिनुहोस्